काठमाडौंमा आज बिजोर नम्बरप्लेटका गाडी मात्रै गुड्न पाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंमा आज बिजोर नम्बरप्लेटका गाडी मात्रै गुड्न पाउने


प्रशासन विशेष ब्युरो

१३ भाद्र २०७५, बुधबार


काठमाडौं । बिमस्टेक शिखर सम्मेलनलाई मध्यनजर गर्दै काठमाडौंमा आजदेखि ३ दिनसम्मका लागि जोर–बिजोर प्रणालीको समय र सीमा तोकिएको छ।

महानगरीय प्रहरी महाशाखाका अनुसार आज बिजोर नम्बर प्लेटका सवारीहरु मात्रै गुड्न पाउनेछन् ।

गृह मन्त्रालय, सुरक्षा महाशाखाको बैठकले बिहान ६ बजेदेखि राति १० बजेसम्म सो प्रणाली लागू हुने निर्णय गरेको छ। राति १० देखि बिहान ६ बजेसम्म भने जुनसुकै सवारी पनि निर्वाध रुपमा सञ्चालनमा आउनसक्ने महाशाखाले जनाएको छ।

बिम्स्टेक सम्मेलनमा खटिएका तथा आमन्त्रित व्यक्तिहरुका लागि भने निर्वाध रुपमा सवारी सञ्चालन गर्न दिइनेछ। हवाई सेवामार्फत काठमाडौं बाहिर जाने यात्रु, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक र आकस्मिक सवारीलाई समेत निर्वाध गुड्न दिइनेछ।

साथै अत्यावश्यक काममा हिँडेको पुष्टि भएमा त्यस्ता सवारीलाई समेत छाडिने महाशाखाले जनाएको छ।

पत्रकारका हकमा सूचना विभागबाट परिचयपत्र प्राप्त वा प्रेस पास लिएकालाई मात्र सवारीसाधन सञ्चालन गर्न दिइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस