घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु


प्रशासन विशेष ब्युरो

१३ भाद्र २०७५, बुधबार


सल्यान। सल्यानमा घर भत्किँदा एकै परिवारका पाँचको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस गाउँमा भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४० वर्षका रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, छोरीहरु ७ वर्षीया गंगा कामी, ६ वर्षीय प्रमिला कामी र ४ वर्षका रुपलाल कामीको समेत मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएराति करिब साढे ९ बजेतिर सुतिरहेको बेला अविरल वर्षापछि पानीले रुझेका भित्ता(दिवार) भत्किँदा  उनीहरुको च्यापिएर मृत्यु भएको हो ।

घटना लगत्तै स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीबाट उद्धार कार्य भई हाल प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल प्रस्थान गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस