२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन विकास, रोल्पाको इतिहास हेर्दा………

अ+ अ-

रोल्पा । वर्षे झरी सकिएको छैन । वर्षात्को पानीले अधिकांश ग्रामीण सडक पहिरोले पुरिएका छन् । पैदलयात्रा निकै कष्टपूर्ण छ । रोल्पाली युवा भने पर्यटन विकास गर्ने भन्दै प्रतिकूल मौसमको प्रवाह नगरी यसको प्रचारमा खटिरहेका छन् ।

आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन मानिएको यस जिल्लामा माओवादीले सशस्त्र द्वन्द शुरुपछि चर्चित बनेको होलेरी घटना धेरैको मनमा ताजै छ । द्वन्दकालमा सबैभन्दा धेरै शहीद भएको गाउँ जेल्वाङ, ऐतिहासिक गाउँ थवाङ, द्वन्दमा प्रयोग गरिएका वङ्कर, युद्धकालमा तयार गरिएका जनवादी विद्यालय, जननमूना अस्पताल, जनसहकारी, जनकम्युन आदि युद्ध पर्यटनको रुपमा रहेका छन् ।

पर्यटनको राम्रो सम्भावना रहे पनि जिल्लामा पर्यटक भने निकै कम मात्रै भित्रिएको जिल्ला समन्वय समितिका पर्यटन फोकल पर्सन दीपक डिसीले जानकारी दिए। उचित प्रचारप्रसार, सुरक्षित पदयात्रा मार्ग र दीर्घकालीन कार्ययोजना बन्न नसक्दा रोल्पाले पर्यटक तान्न नसकेको बताइन्छ । जलजला होलेरी गोरिल्ला पदमार्ग र बेनी पोखरा ढोरपाटन थवाङ हुँदै रुकुम जोड्ने दुई वटा पदमार्गको निर्माण गर्न सके रोल्पालाई पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना रहेको डिसीले बताए ।

पछिल्लो समयमा रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाले समेत साहित्यिक कार्यक्रम गर्न थालेपछि काठमाडौंदेखि स्रष्टा आन्तरिक पर्यटकका रुपमा आएका थिए । रोल्पामा पर्यापर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटनसँगै दश वर्ष लामो माओवादी सशस्त्र द्वन्दले रोल्पालाई युद्ध पर्यटनको सङ्ज्ञा थपिदिएको थियो । पर्यटनको धेरै सम्भावना भए पनि यसलाई लाभ लिने गरी ठोस योजना तथा कार्यक्रम भने बन्न नसकेको जिल्लावासीको गुनासो छ ।

जलजला, रुन्टी, गढीलेख, शिव गुफा, शिव पार्वती गुफा, शिव पञ्चायन आदि रोल्पाका धार्मिक पर्यटनका गन्तव्य हुन् । यी पर्यटकीय क्षेत्रमा हरेक वर्ष हजारौँ तीर्थालु दर्शन र पूजापाठ गर्न आउने गर्छन् । यी धार्मिक क्षेत्रप्रति भक्तजनको यति अगाध आस्था छ की असार साउनको झरीमा समेत घण्टौँ पैदलयात्रा गरेर त्यस क्षेत्रमा आफ्नो मनोकाँक्ष पुरा गर्न पुग्ने गर्छन् । जलजलामा बराह देवताको पूजा गर्ने र रुन्टीमा प्रभु महाराजको पूजा गर्नेको असाध्यै भीड लाग्ने गर्दछ ।

ऐतिहासिक गाउँ थवाङ, जेल्वाङजस्ता सांस्कृतिक महत्व बोकेका स्थल सांस्कृतिक पर्यटनको केन्द्र मानिन्छन् । मगर बाहुल्य क्षेत्र रहेकाले यहाँको जनजीवन, भाषा, संस्कृति हेर्ने तथा बुझ्ने चाहानाले यो ठाउँको आकर्षण बढेको छ । खासगरी थवाङमा हरेक वर्षको भुम्या पर्व हेर्नका लागी देश विदेशबाट मानिस आउने गर्छन् । जलजला, सुनछहरी, विवाङ दह यहाँका पर्यापर्यटीयस्थल हुन् । जलजलाको मनमोहक दृश्य, सयौँ थरिका फूल तथा दलदले जमीनले विशेष आकर्षण गर्दछ । सुनछहरी नेपालकै लामो झरना भनिन्छ यद्यपि यसको आधिकारिक पुष्टि हुन सकेको छैन । यसैगरी विवाङ दहलाई पनि पर्यापर्यटनको अर्को वैभव मानिन्छ ।

आफूहरुले स्थानीय तहसँग समन्वय गरी पूर्वी रोल्पाको पर्यटन विकासमा अभियान चालेको सुनछहरी गाउँपालिका–४ का हर्क घर्तीले जानकारी दिए । पूर्वी रोल्पाको सो गाउँपालिकामा पर्ने सुनछहरी झरनाको सुनछहरी संयुक्त युवा क्लबले स्थानीय निकायको सहयोगमा सरोकारवालासँग मिलेर त्यसको प्रचारप्रसारमा जोड दिएको छ ।

सोही गाउँपालिकाको गाउँमा १२ भदौमा पर्यटन महोत्सव हुँदैछ विवाङ दहको प्रचारप्रसारका लागि खेलकूद भनेर । सदरमुकामदेखि २८ कोष टाढा पर्ने सो स्थानमा हुन थालेको खेलकूद कार्यक्रम पनि स्थानीय विवाङ दह युवा क्लबले नै गर्न लागेको हो । नेपाल पर्यटन पत्रकार सङ्घ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द भने सबैको मुखमा पर्यटन झुण्डिए पनि व्यवहारमा पर्यटनको योजनाबद्ध विकासमा लागेको नदेखिएको र पर्यटनका लागि विनियोजित रकम जम्मा हुने गरेको टिप्पणी गर्छन् ।

प्रतिक्रिया दिनुहोस