महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू


प्रशासन विशेष ब्युरो

८ भाद्र २०७५, शुक्रबार


कञ्चनपुर

काठमाडौं । महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको हो ।

शुक्रबार साँझको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

कञ्चनपुका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले एक सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् ।

१३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै चर्किदै गएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस