कञ्चनपुरमा प्रहरीको गोली लागेर १ को मृत्यु, दर्जनौं घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कञ्चनपुरमा प्रहरीको गोली लागेर १ को मृत्यु, दर्जनौं घाइते


प्रशासन विशेष ब्युरो

८ भाद्र २०७५, शुक्रबार


कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् ।

१३ बर्षिया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको विषयमा चर्कदै गएको आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

शुक्रबार अपरान्हसम्म शान्त रहेको बजार क्षेत्रमा एकाएक आन्दोलन उग्र भएपछि प्रहरीले गोली चलाएको हो ।

जिल्ला प्रशासन कार्यालयको गेटमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा गोली चलेको हो । गोली चले पनि प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा भएको झडपका कारण बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रहरीका अनुशार झण्डै ३० राउण्ड भन्दा बढी गोली चलेको छ ।

बिहीबार आन्दोलनका क्रममा गोली चल्दा आधा दर्जन बढी घाइते भएका थिए भने लगत्तै, गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलार्इ फिर्ता बोलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस