प्रदेश नं. ५ मा भोली सार्वजनिक बिदा « प्रशासन
Logo ६ जेष्ठ २०७९, शुक्रबार
   

प्रदेश नं. ५ मा भोली सार्वजनिक बिदा


५ भाद्र २०७५, मंगलबार


बुटवल । मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश सरकारले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

यहाँका मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस