२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पीडितको उद्धारमा सरकारले चासो नदेखाएको सांसदहरुको आरोप

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उनीहरुले आरोप लगाए ।

सांसद बद्रीप्रसाद पाण्डेले बाजुरामा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको तथा अन्य केही घाइते भएको, जिल्लाभर पहिरोले सयौँ नागरिक विस्थापित भए पनि राहत, पुनःस्थापना र क्षतिपूर्तिको नपाएकोमा गुनासो गरे ।

सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका अन्तर्गत तादी खोलाको पुल बगाउँदा बिरामी बोकेको एम्बुलेन्स, विद्यार्थी तथा स्थानीय जनतालाई आवतजावतमा समस्या परेको बताए । अरनिको राजमार्गसम्म पानीको सतह बढेर ठूलो धनजनको क्षति हुने खतरा देखिएको भन्दै बगेको पुलको सट्टामा शीघ्र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बेलीब्रिज राख्नुपर्नेमा जोड दिए ।

सांसद रमेशजङ्ग रायमाझीले तराई–मधेशका किसानले खेतीपातीको समयमा कृषि मल नपाउँदा ठूलो मर्कामा परिरहेको भन्दै मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनमा चिकित्सक तथा पत्रकारको असन्तुष्टि रहेकाले उनीहरुको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।

सांसद बिन्दादेवी आले रानाले आउँदो भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विम्स्टेक)को चौथो सम्मेलन राष्ट्रियसभा गृहमा नगरी सरकारले अन्यत्रै गर्न लागेको सूचना प्राप्त भएको भन्दै त्यसबाट सरकारको ठूलो आर्थिक नोक्सानी हुनेतर्फ सचेत गराइन् । उनले सो सम्मेलनमा नेपालको बढ्दो वैदेशिक घाटा र नेपाली वस्तुको भन्सार छुटको विषयलाई प्राथमिकताका साथ राख्न पनि सरकारसँग माग गरिन् ।

सांसद खेमराज नेपालीले गत साउन २९ गते मोरङ जिल्लाको लेटाङ नगरपालिकास्थित जाँते माविको पिउने पानीमा विषादी हाल्ने दोषीको अहिलेसम्म पहिचान हुन नसक्नु दुःखद् रहेको बताए। उनले सो घटनाका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्न पनि सरकारसँग माग राखे । सांसद नेपालीले यातायात व्यवसायीको एकाधिकार अन्त्य भएको भनिए तापनि जनताले महसुस गर्न नसकेको उल्लेख गरे । सांसद युटोल तामाङले गत वैशाख ३० गते मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीका पीडितले हालसम्म क्षतिपूर्ति नपाएको गुनासो गरे ।

यसैबीच राष्ट्रियसभाको आजको बैठकले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरका थिए । राष्ट्रियसभाको आजको बैठकको अन्त्यमा भने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ५ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस