नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, विज्ञप्तीसहित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, विज्ञप्तीसहित


प्रशासन विशेष ब्युरो

३ भाद्र २०७५, आइतबार


नेपाल आयल निगम

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य दुई/दुई रुपैयाँले बढाएर ९५ रुपैयाँ पु¥याइएको छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ ।

आइतबार(आज) राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस