प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न आदेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न आदेश


३ भाद्र २०७५, आइतबार


प्रकाण्ड-विप्लव

काभ्रे । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ‘प्रकाण्ड’लाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

उनी काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई अनुसन्धानका लागि समय माग गर्दै प्रहरीले आइतबार अदालत पेश गरेकोमा अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रहरीले अनुसन्धानका लागि सात दिनको समय माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस