भिभिआइपीलाई ‘बुलेटप्रुफ’ गाडी भाडाका लागि २ करोड निकासा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भिभिआइपीलाई ‘बुलेटप्रुफ’ गाडी भाडाका लागि २ करोड निकासा


प्रशासन विशेष ब्युरो

३ भाद्र २०७५, आइतबार


सचिव

काठमाडौं । ‘भिभिआइपी’का लागि बुलेटप्रुफ गाडी भाडामा लिन सरकारले २ करोड रुपैयाँ निकासा गरेको छ।

यही भदौ १४ र १५ गते काठमाडौंमा हुन गइरहेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) बैठकका लागि ‘भिभिआइपी’का लागि बुलेटप्रुफ गाडी भाडामा लिन सरकारले २ करोड रुपैयाँ निकासा गरेको हो ।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुने मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुख लगायतलाई बुलेट प्रुफ गाडीसमेत उपलब्ध गराउन भैपरी आउने साधारण, प्रशासन खर्चअन्तर्गत रकमान्तर गरी रकम निकासा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

बैठकमा नेपालसहित बिमस्टेक सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सहभागी हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस