विपदपछिको व्यवस्थापनमा जाजरकोटको सक्रियता सराहनीय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विपदपछिको व्यवस्थापनमा जाजरकोटको सक्रियता सराहनीय


प्रशासन विशेष ब्युरो

१ भाद्र २०७५, शुक्रबार


जाजरकोट

काठमाडौं । विपदपछि सरकारले राहत तथा पुर्नस्थापनाको काम समयमै सक्दैनन् भन्ने गुनासो नौलो होइन, तर जाजरकोटमा भने समयमै सबै काम सकेर उक्त भनाई मिथ्या सावित गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले गत साउन २० गते विहान ७ः३० बजे खलंगामा गएको पहिरोको खोज, उद्धार, राहत तथा पुर्नस्थापना सम्वन्धी सबै काम सकेर जनतालाई गुनासो गर्ने ठाउँ नदिएको हो ।

प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको अग्रसरता तथा समितका सदस्यहरुको सक्रियताले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्य तिव्रगतिमा भएको हो । उक्त कार्यमा प्रमुख जिल्ला अधिकारी बस्नेत आफै घरघरमा पुगेर पिडीतहरुसँग कुरा गरेका थिए ।

जाजरकोट
जाजरकोट

उपलब्ध स्रोत साधनको बढी भन्दा बढी उपयोग गर्दै सम्बन्धित सबै निकायलाई सक्रियतामा पिडीतलाई सम्बोधन गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

राहत र पुनःस्थापन सम्वन्धी अन्तिम निर्णय गर्नु अघि हचुवाको आधारमा कसैले बढी र कसैले कमी राहत तथा आर्थिक सहायता नपाउन भन्नको लागि आफैले सबै प्रभावित घरहरूको स्थलगत अध्ययन गर्यौं अधिकारी बस्नेतले भने, अलिकति मात्रै पनि सक्रियता देखाउने हो भने टिम बनाउन र त्यसलाई परिचालन गर्दै समयमै काम सम्पन्न गर्न सकिँदो रहेछ ।

बस्नेतले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनस्थापनामा सहयोग गर्ने नेपाल सरकार र प्रदेश सरकार, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत नेपाल सरकारका सबै निकाय, संचारकर्मी, नेपाल रेडक्रस जाजरकोट शाखा, उद्योग वाणिज्य संघ जाजरकोट, स्थानीय नगरपालिका र गाउँपालिका, स्थानीय समाजसेवी, व्यवसायी लगायत यसमा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

शुक्रबार भएको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले खलंगामा राहत बाँड्न रोक्ने र सहयोगी संस्था, निकायलार्इ २९÷३० गतेको बाढी पहिरो प्रभावित नलगाढ नगरपालिकातर्फ जान अनुरोध गर्ने लगायतका निर्णय गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस