नेपाली सेना र अमेरीकी सेनाको संयुक्त सञ्‍चार अभ्यास सम्पन्‍न « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाली सेना र अमेरीकी सेनाको संयुक्त सञ्‍चार अभ्यास सम्पन्‍न


प्रशासन विशेष ब्युरो

१ भाद्र २०७५, शुक्रबार


नेपाली सेना

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सञ्चार सम्बन्धी अभ्यास सम्पन्न भएको छ।

साउन २१ गतेबाट काठमाडौंका होटल याक एण्ड यतिमा आयोजित मल्टीनेशनल कम्यूनीकेसन ईन्टरओपेरावीलीटी प्रोग्राम (एमसीआइपी) अन्तर्गत प्यासिफिक ईण्डेभोर (१८) को बलाध्यक्ष रथी हेमन्तराज कुँवरले समापन गरेका छन् ।

दुई चरणमा सञ्चालन भएको अभ्यास कार्यक्रममा पहिलो चरणमा सञ्चार सम्बन्धी भएका अध्ययन, छलफल अन्तक्रियाको साथै विज्ञहरुद्धारा साईबर सुरक्षा सम्बन्धी साइवर इन्डेभोर र फ्रिक्वेन्सी व्यवस्थापन सम्बन्धी फोनिक्स इन्डेभोर विषयहरुमा प्रशिक्षण दिईएको थियो ।

त्यसैगरी दोस्रो चरणमा विपत व्यवस्थापन, प्रस्तुतीकरण तथा चुनैतीको सामुहिक सहभागीता, सहयोग तथा अनुभव आदानप्रदान गर्नेलगायतका विषयमा अर्न्तक्रिया एवं अनुभव आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल, अमेरीकालगायत अन्य २० राष्ट्रका सेना, सम्बन्धीत एजेन्सी तथा विज्ञहरु गरी २ सय ७० जनाको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।

उक्त अभ्यासबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सैनिक संगठन बिच मिलाप कायम गरी विपद् व्यवस्थापन कार्यलाई समन्वयकारी ढंगबाट असरदार बनाउन सहयोग पुग्नुको साथै अभ्यासमा सहभागी राष्ट्रहरु बीच आपसी सम्बन्ध अझ मजबुत बनाउन यस अभ्यासले थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाली सेना
नेपाली सेना

प्रतिक्रिया दिनुहोस