विप्लवका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विप्लवका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश


प्रशासन विशेष ब्युरो

१ भाद्र २०७५, शुक्रबार


प्रकाण्ड-विप्लव

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो ।

चन्दा असुलीको आरोपमा पक्राउ परेका उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले बाटोको म्याद बाहेक ४८ घन्टाभित्र हाजिर गराउन आदेश दिएपछि प्रहरीले शुक्रबार सर्वोच्चमा उपस्थित गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस