राजश्व बुझाउँदा समेत घुस १६ हजारसहित यातायातका कर्मचारी रंगेहात पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राजश्व बुझाउँदा समेत घुस १६ हजारसहित यातायातका कर्मचारी रंगेहात पक्राउ


प्रशासन विशेष ब्युरो

१ भाद्र २०७५, शुक्रबार


पक्राउ

काठमाडौं । घुसखोरी कतिसम्म झाँगिसकेको छ भन्ने उदाहरण शुक्रबार शुक्रबार यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा देखियो।

ट्रायल परीक्षा उत्तिर्ण गरेका २६ जना परीक्षार्थिहरुबाट राजश्व रकमवाहेक कर्मचारीले घुस असुलेका छन्।

यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भु काठमाडौंका सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक(निजी) नारायण श्रेष्ठले १६ हजार रुपैयाँ घुससहित लेखापाल गोइतको कार्यकक्षबाट पक्राउ परेका हुन् ।

परीक्षार्थीहरुबाट राजश्व रकम बाहेक थप रकम घुस÷रिसवत वापत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौंबाट खटिइ गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुबैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस