कृषि विकास बैंकद्वारा कर्जा प्रवाह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृषि विकास बैंकद्वारा कर्जा प्रवाह


३१ श्रावण २०७५, बिहिबार


उर्लाबारी, मोरङ । कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४/७५ मा ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।

सो बैंकले गत आवमा ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक रक्षक रायले जानकारी दिए ।

पाँच करोड ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले गत आवमा पाँच करोड ६३ लाख ८२ हजार असुली गरेको छ । गत आवमा सात करोड २४ लाख ७२ हजार खुद आम्दानी गरेको सो बैंकले जनाएको छ । बैंकमा आठ सय आठ ऋणी तथा तीन हजार आठ सय निक्षेपकर्ता रहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस