काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण गरेका छन्।
प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने परम्परा अनुसार बिहीबार जंगी अड्डामा आयोजित एक समारोहकाबीच प्रधानसेनापति क्षेत्रीले कार्यभार हस्तान्तरण गरेका हुन्।
थापालाई यही श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम श्रावण २५ गतेको मितिबाट लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकर्रर गरिएको थियो।
बुझबुझारथ पश्चात कामु प्रधानसेनापति रथी थापाले काठमाडौं—तराई–मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष रथी हेमन्त राज कुँवरलाई आजकै मितिबाट हस्तान्तरण गरेका छन् भने नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप ‘लेस पेपर इन्भायरोमेन्ट’ को अवधारणाअनुसार डिजिटाइजेनको सुरुवातसमेत गरेका छन्।
समारोहमा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो।