पोखरा विश्वविद्यालयको परीक्षा तालिका पुनः प्रकाशन गर्न अनेरास्ववियुको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरा विश्वविद्यालयको परीक्षा तालिका पुनः प्रकाशन गर्न अनेरास्ववियुको माग


२२ श्रावण २०७५, मंगलबार


काठमाडौं । पोखरा विश्वविद्यालयले प्रकाशन गरेको इन्जिनियरिङ विभागको परीक्षा तालिका पुनः प्रकाशन गर्न माग गरिएको छ ।

अनेरास्ववियुले पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले विज्ञप्ति जारी गरी परीक्षा तालिका पुन प्रकाशन गर्न माग गरेको हो । गत आइतबार प्रकाशन गरिएको परीक्षा तालिका विद्यार्थीमैत्री र विषयवस्तुको भारअनुसार नभएको विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रियका अध्यक्ष डम्बर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा जहिले पनि इन्जिनियरिङ्गविभागको परिक्षा तालिका त्रुटिपूर्ण हुँदै आएको उल्लेख छ । बारम्बार विश्वसनियताको अभाव झल्कने गरी प्रकाशन गरिने तालिकाले ईन्जिनियरिङ्ग अध्ययरत हजारौ विद्यार्थीहरुको भविश्यमाथी खेलवाड भएको अनेरास्ववियुको आरोप छ।

राष्ट्रिय अध्यक्ष डम्बर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विषेश गरी २०१८ मे ५ को फाउन्डेसन इन्जिनियरिङ र २०१८ मे २६ को इरिगेसन इन्जिनियरिङ र मे ३० को डिजाइन अफ स्टिल विषयहरूलाई पर्याप्त समयको अभाव र विषयवस्तुको गहन अध्ययनबिना परीक्षा मिति तय गरेको हुँदा यस्तो गैरजिम्मेवारपूर्ण निर्णयको निन्दा गर्छौं ।’

आफूहरूका माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस