एक दिवसीय खेलमा नेपालको जित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एक दिवसीय खेलमा नेपालको जित


प्रशासन विशेष ब्युरो

१८ श्रावण २०७५, शुक्रबार


एक दिवसीय क्रिकेट

काठमाडौं । अन्तर्राष्ट्रिय खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले पराजित गरेको हो ।

शुक्रबार भएको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २१६ रन बनाएपछि जबाफी ब्याटिङमा नेदरल्यान्डले सबै १० विकेट गुमाउँदै २१५ रनमा सीमित भयो ।

अन्तिम ओभरमा बलिङमा आएका कप्तान पारसले अन्तिम बलमा नेदरल्यान्ड्सको १० औँ विकेटकारूपमा एफजे क्लासेनलाई रनआउट गरेपछि नेपालले एक रनको रोमाञ्चक ऐतिहासिक जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस