कर्मचारी र जनप्रतिनिधिलाई बस सेवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्मचारी र जनप्रतिनिधिलाई बस सेवा


प्रशासन विशेष ब्युरो

१६ श्रावण २०७५, बुधबार


पोखरा । पोखरा लेखनाथ महानगपालिकाले कर्मचारी सुविधाका लागि बुधबारदेखि बस सेवा सञ्चालन गरेको छ ।

महानगर तथा अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय अवतजावतका लागि सजिलो होस् भनेर बस सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्ने बताउँदै उनले कर्मचारी कार्यालय आउने समयको नियमितता, एक रुपताका साथै सुरक्षालाई समेत दृष्टिगत गरी बस सेवा शुरु गरिएको बताए ।

बिदाको दिनबाहेक हरेक दिन बेगनासताल बसपार्कबाट बिहान ९ः१५ बजे छुटेको बस तालचोक, विजयपुर, अमरसिंहचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटाचोक, राष्ट्र बैंकचोक, रत्नचोक सिर्जनाचोक हुँदै १० बजे महानगरको कार्यालय न्युरोडमा आइपुग्नेछ ।

शुक्रबार दिउँसो ३ः१० मा र अन्य दिन ५ः१० बजे महानगरको कार्यालयबाट सोही रुटअनुसार बेगनासतालसम्म बस पुग्नेछ । यो रुटको बस सेवाको प्रभावकारिता हेरेपछि महानगरको उत्तरतर्फको क्षेत्रलाई समेट्ने गरी पनि बस सेवा शुरु गर्ने योजना रहेको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस