फुटाइयो कृषि मन्त्रालय, अब मन्त्रालयको संख्या २२ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फुटाइयो कृषि मन्त्रालय, अब मन्त्रालयको संख्या २२


प्रशासन विशेष ब्युरो

१० श्रावण २०७५, बिहिबार


मन्त्रालय

काठमाडौँ । सरकारले दोस्रोपटक मन्त्रालयको संख्या बढाएको छ ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुईवटा कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको हो ।

यससँगै अब मन्त्रालय संख्या २२ पुगेको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री बनाएपछि राज्यमन्त्री पद्मा अर्याललाई अलगै मन्त्रालय दिन मन्त्रालय फुटाइएको हो ।

सत्ता सम्हालेको ८ दिनमा ३१ वटा मन्त्रालयबाट १८ मा झारेका प्रधानमन्त्री केपी ओलीले चैत २ मा पुनः २१ पुर्‍याएका थिए भने साउन १० गते(आज) मन्त्रालयको संख्या २२ बनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस