प्रधानसेनापतिको जिम्मा पूर्णचन्द्र थापालाई दिने निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानसेनापतिको जिम्मा पूर्णचन्द्र थापालाई दिने निर्णय


प्रशासन विशेष ब्युरो

१० श्रावण २०७५, बिहिबार


नेपाली सेना

काठमाडौं । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा रथी पूर्णचन्द्र थापाको नाम सिफारिस भएको छ ।

विहिवार बसेको मन्त्रिपरिषद बैठकले थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

थापाले सैन्य मुख्यालयको जिम्मेवारी साउन २५ गतेदेखि सम्हाल्नेछन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ । अवकाशपूर्व एक महिना विदामा बस्ने प्रचलनअनुरुप क्षत्री साउन २४ देखिनै विदामा बस्ने भएपछि सरकारले पूर्णचन्द्र थापालाई साउन २४ देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति बनाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस