आजबाट क्याबिनेट अटोमेसनमा, प्रस्तावहरु ल्यापटपबाटै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजबाट क्याबिनेट अटोमेसनमा, प्रस्तावहरु ल्यापटपबाटै


प्रशासन विशेष ब्युरो

१० श्रावण २०७५, बिहिबार


automation

काठमाडौं । मन्त्रिपरिषद्(क्याबिनेट)बैठकमा अटोमेसन सिष्टम शुरु गरिएको छ । नेपालमा पहिलोपटक क्याबिनेट अटोमेसन प्रणालीबाट संचालन भएको हो ।

कागज, जनशक्ति र समयको बचत सँगसँगै प्रविधिसँग जोड्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुशार विहिबारदेखि अटोमेसन प्रणाली शुरु गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यससँगै मुख्यसचिवले ल्यापटपबाटै प्रस्तावहरु पेश गरेका छन् भने मन्त्रीहरुले आ–आफ्नो टेबुल अगाडी राखिएको ल्यापटपबाटै एजेण्डाहरुका विषयमा आ आफ्ना धारणा राखेका छन् ।

मुख्य सचिवसँग सबै मन्त्रीहरुका ल्यापटपहरु नेटवर्किङ गरेसँगै अब मन्त्रिपरिषद्मा जाने सबै निर्णयहरु इमेलमार्फत नै मन्त्रीहरुसम्म पठाइने छ । र, मन्त्रिहरुले पनि ल्यापटपबाटै आफ्ना एजेण्डाहरु बैठक शाखामा पठाउनेछन् ।

विहिबारको बैठकमा कागजी प्रस्तावहरु पेश गर्ने कार्य पूर्णरुपमा बन्द भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए । ‘आजको क्याबिनेट बैठकमा सबै मन्त्रीज्यूहरुको टेबुलमा कागजका बण्डलको सट्टा ल्यापटप राखिएको थियो र सबैले आ आफ्नो ल्यापटपबाटै प्रस्तावहरुबारे छलफल गर्नुभयो’ प्रवक्ता कुँवरले भने, ‘छलफलका क्रममा सच्याउने तथा त्यसलाई अन्तिमरुप दिने कामसमेत तत्काल भयो ।’

अटोमेसन प्रणालीको सफल प्रयोगसँगै अब हरेक सरकारी कामकारवाहीलाई प्रविधीसँग जोड्दै लैजाने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

साउन १ गतेदेखि नै लागु गर्ने भनिएको अटोमेसन प्रणाली केही प्राविधिक कारणले ढिलाई हुन गएको थियो ।

 

हेर्नुहोस् यो पनि,

साउन १ देखि क्याबिनेट अटोमेसनमा

पहिलो पेपरलेस मन्त्रिपरिषद बैठक (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस