महंगी तथा कालाबजारी नियन्त्रणमा गर्न निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महंगी तथा कालाबजारी नियन्त्रणमा गर्न निर्देशन


प्रशासन विशेष ब्युरो

६ श्रावण २०७५, आइतबार


सचिव

काठमाडौं । केन्द्रीय अनुगमन समितिको बैठकले महङ्गी तथा कालाबजारी नियन्त्रणको लागि सम्बन्धित मन्त्रालय तथा निकायहरुलाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको केन्द्रीय अनुगमन समितिको बैठकले बजारमा अतिआवश्यक उपभोग्य वस्तुहरूको आवश्यक मौज्दातको व्यवस्था मिलाउने तथा गुणस्तरयुक्त उपभोग्य वस्तुको सहज र सर्वसुलभ आपूर्तिको व्यवस्था मिलाउने लगायत अन्य केही महत्वपूर्ण निर्णयहरु गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुशार बैठकले सडकका खाल्डाखुल्डीहरूको तत्काल मर्मत सुधार गर्ने र सार्वजनिक यातायातलाई भरपर्दो यात्रुमैत्री र सुरक्षित बनाउने, फोहोर मैलाको तत्काल व्यवस्थापन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन ध्यान दिने निर्णय गरेको छ ।

साथै उल्लिखित कार्यहरुको सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले विशेष टोली समेत बनाई प्रभावकारी व्यवस्थापन गर्ने तथा निरन्तर अनुगमन गरी प्रत्येक १५ पन्ध्र दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पठाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आवश्यकता अनुसार स्थलगत अनुगमन गर्ने र अनुगमनको समेत अनुगमन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस