डा. केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा. केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार


प्रशासन विशेष ब्युरो

५ श्रावण २०७५, शनिबार


काठमाडौं । आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको पक्षमा सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारकर्मी कृष्ण पहाडीलगाएत बिभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरु सँगै देखिएका छन् ।

माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा पुगी कोणशभामा परिणत भएको छ। भीड नियन्त्रणका लागि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरिरहेको छ।

प्रदर्शनमा सहभागीहरुले ‘सत्याग्रही डा. गोविन्द केसीको माग पुरा गर’, हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा. केसीको साथमा’जस्ता नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस