आज भानुजयन्ती मनाइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज भानुजयन्ती मनाइँदै


प्रशासन विशेष ब्युरो

२९ असार २०७५, शुक्रबार


काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

भानु प्रतिष्ठानले राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए ।

आदिकवि भानुभक्त वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका थिए । उनले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए ।

उनका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५)लगायत साहित्यिक कृति प्रकाशित छन् ।

आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर युवाकवि मोतीराम भट्टले पुस्तक प्रकाशन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस