शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा, आकस्मिकबाहेकका सबै सेवा ठप्प « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा, आकस्मिकबाहेकका सबै सेवा ठप्प


प्रशासन विशेष ब्युरो

२९ असार २०७५, शुक्रबार


काठमाडौं । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू हड्तालमा उत्रेका छन् । सरकारले डा. गोविन्द केसीका मागबारे चासो नदेखाएपछि उनीहरू हड्तालमा उत्रिएका हुन् ।

उनीहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) ले विज्ञप्ति जारी गर्दै आजबाट आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने जनाएको छ ।

जुम्लामा अनसनरत डा. केसी मागबारे अझै सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । लगातार १४ दिनको अनसनले उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो ।

‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

एनआरडिएले आन्दोलनबाट हुने क्षति र असुविधाप्रति सरकार जिम्मेबार हुनेसमेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस