नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितको उद्दार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितको उद्दार


प्रशासन विशेष ब्युरो

२८ असार २०७५, बिहिबार


काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेकाहरूको उद्धार कार्यमा नेपाली सेना खटिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुशार देशका विभिन्न स्थानहरुमा गएको बाढी तथा पहिरो पीडितहरुको जनधनको क्षति न्यूनीकरणमा नेपाली सेना खटाइएको हो ।

उद्धारको क्रममा विष्णुदल गण, धुलीखेलबाट खटिएको नेपाली सेनाको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनोपा नगरपालिका पुल बजारमा फसेका ४ जनाको उद्यार गरेको छ भने गण र फष्ट रेञ्जर बटालियनको हार्ट सहित नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट नमोबुद्ध नगरपालिका ६ रोशी खोलाको बीचमा फसेका दुई जनालाई उद्धार गरिएको छ ।

त्यसैगरी रणचण्डीदल गण, खरिपाटीबाट खटिएको टोलीले चाँगुनारायण नगरपालिका ७ मा अविरल वर्षाका कारण घर भत्किँदा मृत्यु भएका ३ जनाको शव तथा सामानहरु बाहिर निकालेको छ ।

त्यस्तै कम्पोजिट क्विक रेस्पोन्स टिम, वीरदल गण सुर्यविनायक, नं.१ विपद् व्यवस्थापन गण सुन्दरीजल र नं.१४ वाहिनी अड्डा गौचरबाट खटिएको टोलीले डुबानमा परेका भक्तपुर जिल्लाको राधे राधे ईलाकाबाट ३० जना र मध्यपुर ठिमी ईलाकाबाट २० जनाको सकुशल उद्दार गरेको सैनिक जन सम्पर्क निर्देशनालयले जनाएको छ ।

वर्षातको समयमा बाढी तथा पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरण लगायत जनधनको सुरक्षाका लागि नेपाली सेनाले उपलब्ध स्रोत साधनहरुको अधिकमतम प्रयोग गरी उद्धार कार्यमा सघाउँदै आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस