रुखले च्यापिएर एकजनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रुखले च्यापिएर एकजनाको मृत्यु


२४ असार २०७५, आइतबार


बाजुरा । गौमुुलगाउँपालिका–३ गर्जेमा रूखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

गौमुलगाउँपालिका–३ गर्जेका २३ वर्षीय खण्टे बोहराको मृत्यु भएको हो । उनको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा अछामको साँफेबगरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

गम्भीर घाइते बोहराको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस