गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

२३ असार २०७५, शनिबार


जो हुनुथ्यो सरक्क भयो
भएपछि पो धरक्क भयो ।

राडीभित्र बलेछ आगो,
धुवाँ फैलेर हरक्क भयो ।

न्यानो लागेर तापेको घाम,
अहिले आएर चरक्क भयो ।

उता ताकेर हानेको बाण
आफैँतिर पो फरक्क भयो ।

घुस्यो जब चेतना चेतमा
समय नै पो घरक्क भयो ।

बर्षेला ठान्थें सन्तुष्टि–वर्षा
अश्रुधारा पो तरक्क भयो ।

प्रतिक्रिया दिनुहोस