मामाको झोला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मामाको झोला


प्रशासन विशेष ब्युरो

२३ असार २०७५, शनिबार


गाउँबाट मामासँगै आयो ठुलो झोला
चुलबुल भयो मेरो मन भित्र के छ होला ?
आमा आई झोला खोल्दा रातो थियो रंग
खाने कुरा देखेपछि हामी भयौं दंग
कति ज्ञानी हाम्रो मामा कति जाति मान्छे
हजुर आमा बन्नुभयो कोसेलीको भान्से

घिउ, मह, चाकु, चिउरा आहा ! कति दामी
रमाउँदै खुशी हुँदै खान थाल्यौ हामी
मामा घरको चाकु खान साथी जम्मा भए
भनौं भनौं लाग्यो मलाई पल्लो घर गए

सबैजना छतमा बसी खाना खान थाले
मामा घर कहिले जाने सोध्नु भयो बाले
हुन्छ बाबा अब हामी छुट्टी हुँदा जाने
माइजुले पकाएको मिठो खाना खाने

कक्षा– ७ (एफ)
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी भक्तपुर

प्रतिक्रिया दिनुहोस