जुम्लामा अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा सदन अवरुद्ध « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जुम्लामा अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा सदन अवरुद्ध


२२ असार २०७५, शुक्रबार


काठमाडौं । डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्धारा सदन अवरुद्ध गरिएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शुक्रबार डा. केसीको जीवन रक्षा गर्न माग गर्दै प्रस्ताव दर्ता गर्दा कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले विरोध जनाएका छन् ।

डा.केसीको स्वास्थ्य अवस्थाको आजै छलफल गरिनु पर्ने नगरिएमा सदन अघि बढ्न नसक्ने प्रमुख सचेतक खाँडले बताए ।

सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिई  सदन सुचारु गर्न सहयोग मागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस