नहरमा डुबेर बालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नहरमा डुबेर बालकको मृत्यु


२२ असार २०७५, शुक्रबार


उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस