डा. केसी र गंगामायाको जीवन रक्षाका लागि पहल गर्न मानवअधिकार आयोगलाई नेविसंघको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा. केसी र गंगामायाको जीवन रक्षाका लागि पहल गर्न मानवअधिकार आयोगलाई नेविसंघको आग्रह


२० असार २०७५, बुधबार


काठमाडौं । नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार समेत कुन्ठित गरेको भन्दै सरकारको नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महर नेतृत्वको टोलीले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई भेटी सरकार मानव अधिकार हनन् मात्र नभई जघन्य अपराधका घटनाका दोषिलाई आम माथि दिने काम गरिरहेको बताउँदै ओगको ध्यानाकर्षण गराएको छ ।

न्यायका लागि अनशनरत गंगामाया अधिकारी र समग्र स्वास्थ्य क्षेत्रको परिवर्तनका लागि सत्याग्र थालेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएकोप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण भएको महरले बताए । नेविसंघले उनीहरुको जीवन रक्षाका लागि पहल चाल्न पनि मानवअधिकार आयोगलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस