सुस्ताबासीले भत्काए गण्डक बाँध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुस्ताबासीले भत्काए गण्डक बाँध


१९ असार २०७५, मंगलबार


नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले गण्डक बाँध भत्काएर पानी निकास गराएका छन् । वर्षासँगै खेतीयोग्य जमिन डुबानमा परेको भन्दै उनीहरुले बाँध भत्काएका हुन् ।

मंगलबार बिहान बाँध भत्काएर बस्तीको पानी नहरमा पठाइएको छ । भारततर्फको गण्डक नहर व्यवस्थित हुन नसक्दा वर्षातको समयमा सुस्तामा प्रत्येक वर्ष खेतियोग्य जमिन डुबानमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस