२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्ला कर्मचारीबाट असहयोग, करारमा भर्ना गरेरै भएपनि प्रदेश चलाइन्छ

अ+ अ-

महेन्द्रनगर । प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु राउतले माथिल्लो कर्मचारी तन्त्रले असहयोग गर्ने प्रयास गरिरहेको बताउँदै आफू करारमा कर्मचरी भर्ना गरेरै भएपनि प्रदेश चलाउन बाध्य हुने बताए ।

जनकपुरमा आज आयोजित ‘संक्रमणकालीन संघीयताको व्यवस्थापन’ विषयको कार्यशाला गोष्ठी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीको सर्वस्वीकार्यता आवश्यक रहेको बताए ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उनले माथिको कर्मचारीतन्त्रले असहयोग गर्ने प्रयास गरिरहेको टिप्पणी गर्दै उनले असहयोगको प्रयास भए आफूहरु करारमा कर्मचारी भर्ना गरेर प्रदेश चलाउन बाध्य हुने चेतावनी दिए ।

उनले लामो संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश नं २ को सफलतामा निर्भर रहेको तथा संघीयताको सफल कार्यान्वयनका लागि आफूहरु जस्तोसुकै कदम उठाउन तयार रहेको दृढता व्यक्त गरे ।