विश्वकप फुटबलमा सट्टा बाजी खेलाउने ३ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वकप फुटबलमा सट्टा बाजी खेलाउने ३ जना पक्राउ


प्रशासन विशेष ब्युरो

१९ असार २०७५, मंगलबार


काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रसियामा जारी प्रतियोगितामा विभिन्न देशको हार जितमा विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्हेपी बालाजुका २२ वर्षका प्रकट महर्जन, रामघाटका २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस