सुनसरीमा जिप दुर्घटना, ६ भारतीय पर्यटकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनसरीमा जिप दुर्घटना, ६ भारतीय पर्यटकको मृत्यु


प्रशासन विशेष ब्युरो

१९ असार २०७५, मंगलबार


काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका ४ स्थित कोशी कटानमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जना भारतीय पर्यटकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र तीनजनाको विराटनगरस्थि गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको उपचार भइरहेको छ ।

चालक भारत ब्रहमपुरा वडा नं. १ का २६ वर्षीय सुशील कामतलाई जिल्ला अस्पताल इनरुवामा उपचारपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस