डा. गोविन्द के सि को उपचार गर्न नसकिने भन्दै जिल्ला प्रशासनलाई प्रतिष्ठानको पत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डा. गोविन्द के सि को उपचार गर्न नसकिने भन्दै जिल्ला प्रशासनलाई प्रतिष्ठानको पत्र


प्रशासन विशेष ब्युरो

१८ असार २०७५, सोमबार


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनसनरत डा. गोविन्द के सि को उपचार गर्न नसकिने भन्दै जिल्ला प्रशासनलाई पत्र पठाएको छ ।

अनसन स्थलमा विजुलीदेखि सामान्य मोनिटरिङ्ग पनि गर्ने अवस्थासम्म नभएकोले स्वास्थ्य अवस्था बिग्रदै गएका डा. के सि को थप उपचार गर्न नसकिने व्यवहोराको पत्र पठाएको हो ।

जुम्लाको कडर्भहलमा जारी डा. गोविन्द के सि को अनसनलाई मध्यनजर गरी उनको दैनिक स्वास्थ्य हेरचाहका लागि एक चिकित्सकको टोली तथा आवश्यक सामाग्रीहरु पठाउन जिल्ला प्रशासन कार्यालयले पठाएको चिठिको जवाफमा प्रतिष्ठानले उक्त स्थानमा थप उपचार गर्न नसकिने मेडिकल टिमको रिपोर्ट आएको भन्दै मेडिकल सुविधा भएको ठाउँमा स्थानान्तरण गर्न पहल गरि दिन अनुरोध गरेको हो ।

मेडिकल निर्देशक डा. पुजन कुमार रोकायाद्वारा हस्ताक्षरीत पत्रमा भनिएको छ –’हाल उहाँको स्वास्थ्य स्थिति बिग्रदैगएको हुँदा उक्ता अनसन स्थलमा बिजुली देखि कुनै पनि सुविधा नभएकोले सामान्य मोनिटरिङ पनि गर्ने व्यवस्था नभएकोले उक्त स्थानमा थप उपचार गर्न नसकिने मेडिकल टिमको सिफारिस आएको हुँदा यथाशिघ्र सम्पूर्ण मेडिकल सुविधा भएको ठाउँमा स्थानान्तरण गर्न पहल गरि दिन हुन अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस