इजलास बहिष्कार पछि तीन न्यायाधीशको सरुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इजलास बहिष्कार पछि तीन न्यायाधीशको सरुवा


प्रशासन विशेष ब्युरो

१८ असार २०७५, सोमबार


high court

राजविराज । कानुन व्यवसायीको निरन्तरको इजलास बहिष्कारपछि तीन न्यायाधीशको सरुवा भएको छ ।

सर्वोच्च अदालतले आइतबार साँझ उच्च अदालत राजविराज इजलासका न्यायाधीशहरू मोहनबहादुर कार्की, सल्लाहउद्दिनअख्तर सिद्दिकी र नसरुल्लाह अन्सारीलाई काज सरुवा गरेको रजिस्ट्रार रोशनकुमार भट्टराईले जानकारी दिएका छन् ।

राजविराज उच्च अदालत बार एसोसिएसनले ६ दिनदेखि गरेको इजलास बहिष्कारका कारण न्यायसेवा प्रभावित हुँदै आएपछि न्यायाधिशहरुलाई सरुवा गरिएको हो ।

उच्च अदालत जनकपुरका सिद्दिकीलाई सर्वोच्च अदालत र नसरुल्लाह अन्सारीको दिपायल उच्च अदालतमा काज सरुवा गरिएको छ ।

कानुन व्यवसायीले कार्यरत सातैजाना न्यायाधीशको सरुवा र आर्थिक चलखेलमा संलग्न दोषीमाथि कारबाहीको माग राख्दै आएका छन्।

विवादित फैसला तथा आदेशले अदालतप्रतिको जनआस्थामा ह्रास आउने भएकोले कानुन व्यवसायीले पछिल्लो पटक आर्थिक चलखेलका कारण राय किताबभन्दा फैसलाको पूर्ण विवरण फरक पाएपछि बार एसोसियसन इजलास बहिष्कार गर्ने निर्णयमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस