नेपालगञ्ज शहर डुबानमा, उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालगञ्ज शहर डुबानमा, उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’


प्रशासन विशेष ब्युरो

१८ असार २०७५, सोमबार


बाँके । बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । अबिरल वर्षाका कारण न्युरोड, विरेन्द्र चोक,सेतु विक चोक, धम्बोझी, बेलासपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँ समेत डुबानमा परेका छन् ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन सुचित गरिएको छ भने उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस