२५ हजार घूससहित इन्जिनियर पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

२५ हजार घूससहित इन्जिनियर पक्राउ


प्रशासन विशेष ब्युरो

१७ असार २०७५, आइतबार


घुस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँलाई पक्राउ गरेको छ ।

उनलाई २५ हजार रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ गरेको हो ।

इन्जिनियर खाँले माटो कटान तथा ग्राबेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा यही असार १५ गते पक्राउ गरिएको भए पनि आयोगले आइतबार सार्वजनिक गरेको हो ।

इन्जिनियर खाँलाई कोहलपुर नगरपालिका–४ मदनचोकस्थित सार्वजनिक प्रतीक्षालयबाट घूस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस