नक्कली हतियारसहित लागु औषध कारोवारी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नक्कली हतियारसहित लागु औषध कारोवारी पक्राउ


प्रशासन विशेष ब्युरो

१७ असार २०७५, आइतबार


काठमाडौं । प्रहरीले लागू औषध कारोबारीको एउटा समूहलार्इ काठमाडौंबाट पक्रेको छ ।

नक्कली हतियार र लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान घर भई समाखुशी बस्ने २३ वर्षीय डेनिस राई, २७ वर्षीया प्रज्ञा राई र वनस्थलीका ३० वर्षीय सुभाष गुरुङ छन् । उनीहरु लामो समयदेखि लागू औषध कारोबार र लुटपाटमा संलग्न रहेको प्रहरी भनाइ छ ।

प्रहरीले उनीहरुको साथबाट नक्कली हतियारसहित डाईजेपाम ११ थान, फेनारगन थान ११ र ब्यूप्रिनोफिन थान ११ बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले दिएको जानकारी अनुसार, उनीहरुको साथबाट प्लाष्टिकको सर्टगन, प्लाष्टिक र काठबाट निर्मित १२ बोर, प्लाष्टिकको पेस्तोलका साथै विभिन्न मोडेलका फलामको चक्कुहरु ७ थान र ३ थान मोबाइल बरामद भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस