मिसावट गरेको अभियोगमा ११ सुन व्यवसायी पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मिसावट गरेको अभियोगमा ११ सुन व्यवसायी पक्राउ


प्रशासन विशेष ब्युरो

१७ असार २०७५, आइतबार


पक्राउ

बर्दिया। प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा बर्दिया प्रहरीले जिल्लाका सुन व्यवसायीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन पछि उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस