नागढुङगाबाट तीन किलो सुनसहित दुई पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागढुङगाबाट तीन किलो सुनसहित दुई पक्राउ


प्रशासन विशेष ब्युरो

१६ असार २०७५, शनिबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुङगाबाट तीन किलोग्राम सुनसहित २ जनालाई पक्राउ गरिएको छ ।

शनिबार बिहान ११ः३० बजे काठमाडौंबाट कञ्चनपुरतर्फ गैरहेको युके ०२४६८४ नम्बरको भारतीय नम्बर प्लेटको जीपबाट उक्त परिमाणको सुन बरामद गरिएको हो ।

गाडीको एयर फिल्टरमा लुकाएर राखेको अवस्थामा महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले सुन बरामद गरेको काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरले बताए ।

पक्राउ पर्नेमा जिल्ला चम्परा भारतका १९ वर्षिय दीपक कुमार मौर्रे र नेपाली नागरिक भिमदत्त नगरपालिका वडा नं. छ महेन्द्रनगरका २३ वर्षिया मनोज बिक रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस