Logo २० कार्तिक २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विश्व कप हेर्न आइ एस्सीको वार्षिक परीक्षा नै छाडेँ


प्रशासन विशेष ब्युरो

१६ असार २०७५, शनिबार


रसियामा २१ औं संस्करणको विश्व कप फुटबल प्रतियोगिता चलिरहेको छ । पछिल्ला वर्षहरूमा नेपालमा पनि फुटबल क्रेज बढ्दो छ । सहरका गल्ली गल्लीमा फुटबलका समर्थकहरू विभिन्न टिमका जर्सी लगाएर हिँड्ने गरेका देखिन्छन् ।फुटबलका यस्तै समर्थक हुन्, अर्थो न्युरो हेल्थकेयर तथा नेपालकै प्रथम प्राकृतिक तथा क्रोनिक ब्याक पेन विशेषज्ञ डा. सुनिल पौडेल । १९८६ विश्व कप देखि फुटबल फलो गर्न लागेका उनी त्यसयता सबै विश्व कप हेरिरहेका छन् । उनले विश्व कप हेर्दाका अनुभव र अनुभूति प्रशासन डट कमसँग सँग यसरी साटेका छन् ।

विश्व कप फुटबल कतिको हेर्दै हुनुहुन्छ ?
किन नहेर्नु, सकेसम्म त मिलाएर रात भर पनि हेर्छु । फुटबल खेल्दै, हेर्दै हुर्केको मान्छे छोड्न सकिन्न । सिमराको राष्ट्रिय मा. वि. होस् वा थानकोट चेकपोस्टको प्रभात मा वि, स्कूलमा पनि क्लास नै छोडेर फुटबल खेल्ने टिमको म लिडर नै थिएं । यो क्रेजले अहिले पनि छोडेको छैन ।

तपाईलाई त फुटबल हेर्न परिक्षा नै छाड्ने डाक्टर भन्दा रैछन् नि ?
हाँस्दै । हो, फुटबल हेर्न जान सानातिना परिक्षा छोड्ने बानी त बच्चै देखि नै थियो । सन् १९९४ मा अमेरिकामा विश्व कप भइरहेको थियो । म त्यतिबेला विश्व निकेतन साइन्स क्याम्पसमा आई एस्सी पढ्थे । सरकारी स्कुलमा नेपाली मिडियमबाट पढेको व्यक्ति अंग्रेजी माध्यमबाट विज्ञान पढ्दै थिए । स्कुलको ‘टप’ विद्यार्थी भएकाले पनि मलाई ‘क्याच अप’ गर्न गाह्रो त भएन । त्यसमाथि पनि मेरो बाइलोजीमा निकै रुचि थियो तर फिजिक्स र केमिस्ट्रिमा कमजोर ।

तर त्यतिबेला विश्व कप र आइएससीको वार्षिक परीक्षा एकैपटक पर्याे । म फुटबलको ‘डाइ हार्ड फ्यान’ थिए । मलाई लाग्यो– फिजिक्स र केमिस्ट्रिको तयारी कमजोर, त्यसैले परीक्षा त अर्काे वर्ष पनि दिन सकिन्छ । तर, विश्व कप अर्काे वर्ष हुँदैन । म जन्मदै फुटबलको क्रेजी नै थिए क्यारे । त्यही भएर मैले वार्षिक परीक्षाको फर्म नै भरिनँ । त्यो वर्ष ड्रप आउट भइयो ।

हुन त म बच्चादेखि फुटबल खेल्थें । त्यतिबेलादेखि नै फुटबल खेलाडी हुने मेरो सोख थियो । तर, घरबाट फुटबल नखेल्न दबाब आयो । ‘फुटबल खेल्ने हो भने घर छाडेर जानुपर्छ’ भन्ने दबाब आएपछि म फुटबल छाडेर पढाइतिर लागेँ । मलाई एसएलसी (अहिलेको एसइई)देखि नै फुटबल नखेल्न परिवारको दबाब थियो ।

फुटबल सकिएपछि परीक्षा छाडेकोमा पश्चाताप लाग्यो होला नि त ?
त्यस्तो पश्चाताप लागेन । बरु फर्म नभर्नुमा पश्चाताप लाग्यो । किनकि १९९४ विश्व कप भएकाले परीक्षा एक महिना पछि सर्याे । मैले त परीक्षा विश्व कप भएका बेला पर्छ भनेर फर्म भरेको थिइनँ । परीक्षा एक महिना पछि सरेपछि त मलाई अचम्म लाग्यो । अनि फर्म पनि भर्न नसकिने । किनकि फर्म भर्ने म्याद सकिसकेको थियो । त्यसरी मेरो आइ एस्सीको वार्षिक परीक्षा छुट्यो । त्यसमा पनि मलाई खासै केही लागेन । त्यतिबेला जवानीको जोश थियो, संगत पनि ‘त्यस्तै किसिम’को थियो । त्यसकारण मलाई खासै पश्चाताप लागेन ।

तर घरमा पनि त्यस्कै कुरा हुँदा मुमा रुनुभयो । मुमाको चाहना मलाई डाक्टर बनाउने थियो । मुमा रुनुभएपछि मलाई धेरै नै नराम्रो लाग्यो ।

त्यसपछि त्रिचन्द्रमा प्रवेश परीक्षा दिँदा फस्ट लिस्टमा नाम निस्केन । त्यो बेला विज्ञान पढ्नु अहिलेको प्लस टु पढ्या जस्तो सजिलो थिएन, सेलेक्टिभ व्यक्तिले मात्रै पढ्न पाउँथे । अनि त्यही बेला महेन्द्ररत्न क्याम्पसमा (अहिलेको शिक्षा क्याम्पस) पनि आइ एस्सीमा भर्ना खुलेको थियो । मलगायत तीन÷चार जना साथीहरूले तुरुन्त फर्म ट्रान्सफर गरेर त्यहाँ भर्ना भयौं ।

हुन त म राम्रै विद्यार्थी पनि हो त्यसमाथी ड्रप आउटको इफेक्ट पनि होला । मैले आइ एस्सीमा कलेज टप गरेको थिएँ ।

फुटबल हेर्न परीक्षा नै छोड्नुपर्ने अवस्था त थिएन होला नि ?
उमेरको कुरो हो अनि त्यसमाथी फुुटबलको क्रेज हो । फर्म भर्न छोड्नु मूर्खता नै हो । मान्छे क्रेजी भएपछि मूर्खता गर्दाे रहेछ । सभ्य मान्छेले त कहाँ मूर्खता गर्छ र ! म बच्चादेखि फुटबलको महाक्रेजी थिएँ । त्यतिबेलादेखि नै म अर्जेन्टिनालाई समर्थन गर्थें । त्यो क्रेजले फुटबल खेलाडी बन्ने सोख पैदा गर्यो । रंगशाला पनि नजिकै थियो । प्रतियोगिता खेल्न पनि हरेक ठाउँमा जान्थेँ । दायाँबायाँ पनि खुट्टा दुवै चल्ने । म हरेक साइड र पोजिसनमा खेल्न सक्थें । त्यसकारण सबैले बोलाउँथें । त्यतिबेला मलाई फुटबल भनेपछि केही चाहिँदैनथ्यो । फुटबल क्रेजले गर्दा खुट्टा भाँचिने वा अन्य केही होला भन्ने डर थिएन । परिक्षा नै नलेख्ने जस्तो मुर्ख काम गर्न हुने काम चाहिँ होइन, तर गरियो ।

अहिले हस्पिटल नै छोडेर फुटबल त हेरिरहनु भएको छैन नि ?
अँ, दुबै हेरिरहेको छु तर अहिले मेरा भगवान भनेका मेरा पेसेन्टहरु हुन्, अहिले मेरा बिरामीहरु नै मेरा क्रेज हुन । बच्चै देखि मेरो सपोर्ट अर्जेन्टिनालाई छ । अचम्मका गेम भइरहेका छन्, अविश्वनिय रिजल्ट आइरहेकाछन् । विश्व कप २०१८ हेर्न रमाइलो नै भइरहेको छ ।

अर्काे अचम्मको कुरा, यसपालिको विश्व कप २४ वर्ष अगाडीका आइ एस्सी तथा स्कूल पढ्दाका साथिहरुसंग बसेर हेरिरहेको छु । जोसँग पढ्दा मैले वार्षिक परीक्षामा नै लेखेको थिइनँ, ती साथीहरुसंग नै हेरिरहेको छु । बुढेसकालमा पुराना साथीहरूसँग हेरिरहेको छु । त्यसको आनन्द अलग्ग नै छ ।

विश्व कप कसले जित्ला भन्ने लाग्छ ?
अनप्रेडिक्टेबल नै छ, अहिलेसम्मको खेल हेर्दा । प्रेडिक्टेबल स्कोर आइसकेको छैन । जुन राम्रो हो । प्रेडिक्टेबल भयो भने लाइफ अथवा गेममा त्यति मज्जा पनि आउँदैन । अहिले सुरुवातको चरणमा छ । त्यही भएर अनुमान लगाउन गाह्रो छ । तर, बेल्जियम, स्पेन र ब्राजिल बलिया छन् । जर्मनी त आउट भइहाल्यो । यसो हेर्दा बेल्जियम बाहेक विश्व कप नजितेको टिमले विश्व कप जित्ला जस्तो लाग्दैन मलाई ।

तपाईँको समर्थन कुन टिमलाई हो ?
म्याराडोनाले १९८६ मा विश्व कप जित्दाखेरि म खेल्न सिक्दै थिए र भर्खर भर्खर फुटबल फलो गर्न लागेको थिएँ । अहिलेको म्याराडोना भनेकै मेस्सि नै हुन् । त्यसकारण यो जीन्दगी अर्जेन्टिनाकै फ्यान भइयो भनौं ।

Tags :
प्रतिक्रिया दिनुहोस