२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारा

अ+ अ-

संसारका धेरैले चिन्थे त्यो देशलाई, चोसे झण्डाको कारणले । अरूकोजस्तो चारपाटे थिएन त्यो देशको झण्डा ।

पछिल्लो समय त्यो देशलाई यसको राजधानीको कारणले पनि चिन्न थालेका थिए । प्रकृतिले वरदानको रूपमा रहेको कचौराजस्तो सुन्दर खाल्टोलाई मान्छेले ‘पत्रु’ बनाएका थिए ।

सहर, समुदाय, समाज र सिंगै मुलुक नै पछ्यौटेपन र पराधिनताले गाँजिएको थियो । त्यस देशमा अन्य मुलुकका आँखा यसरी पर्थे, जसरी बगरमा फालिएको सिनोमा गिद्धको आँखा पर्छ । एक हिसाबले यसरी अन्तर्राष्ट्रियको दृष्टि पर्दा त्यसलाई ‘फाइदा’ नै पनि भएको थियो । किनकि सबैले त्यस देशलाई सहयोग गर्थे । पशुपतिनाथको अगाडि कचौरा थापेर बसेको दानप्रापक (माग्ने नभनौं !)लाई यात्रीहरूले मुद्रा झारेसरि ।

यहाँको राजधानीको अर्को विशेषता भनेको यसभित्रका सबै नदीनालाहरू समेटिएर एउटै गल्छीबाट निकास हुन्थ्यो ।

समय आउँदो रहेछ । राजधानीका नदी–सञ्जाललाई प्रयोग गरेर व्यापक परियोजनाहरू बने । खानेपानी, ताल–तलैया, कुञ्ज–निकुञ्ज, सडक, फुटपाथ, विश्रामस्थल, यातायात, सञ्चार, स्वास्थ्य आदि सबै क्षेत्रमा अप्रत्याशित परिवर्तन भयो । सहर व्यवस्थित बन्यो ।

सहरमा न फोहोरको थुप्रो भेटिन्थ्यो न त प्रदूषित पानी नै । सहर हरियाली भयो । त्यति मात्र होइन, सहरमा पुराना गाडी चल्नै बन्द भए । सहर धुलोधुवाँमुक्त भयो ।

सहरवासीको विरक्तिएको मन बहलिन लाग्यो । अहो ! यो त संसारकै सुन्दर राजधानी पो कहलिन लाग्यो ।

एकदिन सहरको केन्द्रको चोकमा एक जमात नारा घन्काउँदै हिँडेको देखियो । तीमध्ये एकको प्लेकार्डमा लेखिएको थियो–

‘नौलो सहर चाहिँदैन

सभ्यता मास्न पाइँदैन ।’