प्रहरीसँगको दोहोरो भिडन्तमा एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीसँगको दोहोरो भिडन्तमा एकको मृत्यु


प्रशासन विशेष ब्युरो

१५ असार २०७५, शुक्रबार


गोली काण्ड

काठमाडौं । गएराति प्रहरी र अज्ञात समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

खुट्टा र पिठ्युमा गोली लागेका उनलाई उपचारका लागि गौर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

रौतहटको राजदेवी नगरपालिकास्थित मुडबलागाउँको उत्तरमा रहेको बागमती नदिको तटबन्ध क्षेत्रमा दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार दोहोरो रुपमा करिब ३१ राउण्ड गोली चलेको छ।

मृतकको साथबाट एसएमजी बन्दुक र त्यसमा लाग्ने म्यागेजिन बरामद भएको प्रहरीले जनाएको छ ।

अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेको सूचना पछि परिचालित प्रहरी टोलीमाथि फायरिङ गरेपछि जवाफी कारवाहीका क्रममा एकको मृत्यु भएको र बाँकी दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

गोली चलेको स्थान भारतीय सीमाक्षेत्र नजिकै भएकाले घाइते दुईजना मोटरसाईकिलमै भारततर्फ भागेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस