४ सय थान अमेरिकी डलरसहित युवक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

४ सय थान अमेरिकी डलरसहित युवक पक्राउ


प्रशासन विशेष ब्युरो

१४ असार २०७५, बिहिबार


धादिङ । ४० हजार अमेरिकी डलरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नवलपरासी जिल्ला सरावल गाउँपालिका–३ निवासी २८ वर्षीय आनन्दप्रसाद कलवारलाई डलरसहित पक्राउ गरेको हो ।

पृथ्वीराजमार्गको सिम्लेमा स्थानीय पसलेसँग सस्तो दरभाउमा डलर साट्‌ने क्रममा प्रहरीले शंका गरी पक्राउ गरेको थियो ।

कलवारसँग एक सय दरका ४ सय थान अमेरिकी डलर बरामद भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।

कलवारलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस