आईपुग्यो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज काठमाडौंमा  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आईपुग्यो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज काठमाडौंमा 


प्रशासन विशेष ब्युरो

१४ असार २०७५, बिहिबार


वाइडबडी खरिद

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम(एनएसी)को वाइडबडी जहाज काठमाडौ आइपुगेको छ ।

‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

अन्नपूर्ण नामाकरण गरिएको २७४ सिट क्षमताको जहाजलाई नेपाल नागरिक उड्यान प्राधिकरणले ९ एन–एएल वाई कल फाइन नाम दिएको छ।

१० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको उक्त जहाजलाई एक महिनाभित्र नियमित व्यापारिक उडानमा प्रयोग गरिने नेपाल वायु सेवा निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस