२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

अ+ अ-

पर्वत । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ ।

मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा छन् भने भाउजु छोरीका साथ सदरमुकाम कुश्मा बस्दै आएकी छन् । कटुवाचौपारीको घरमा कमल र ५५ वर्षीया विधवा आमामात्रै रहँदै आएका थिए ।

मंगलबार आँबुखैरेनीबाट डुम्रेका लागि छुटेको ग १ ख ३०७३ नम्बरको बसले बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चारजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये दुईजना पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीका २५ वर्षीय कमल लामिछाने र उनकी तीन वर्षीया छोरी ममता लामिछानेको उपचारको क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी कमलकी श्रीमती २० वर्षीया पार्वतीको पनि गण्डकी मेडिकल कलेजमा नै उपचार भइरहेको छ । दुर्घटनाका अन्य घाइतेमा चितवन भरतपुर–६ की २० वर्षीया सरु पाठक, पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका २४ वर्षीय गुरुदत्त तिवारी, वडा नं. २ खुरकोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्द तिवारी छन् । उनीहरु पनि मृतकका आफन्त नै हुन् ।

कुश्माबाट काठमाडौं जाने क्रममा मृतक लामिछाने र आफन्त एउटा निजी प्रकाशन गृहको भ्यानमा त्यसतर्फ जाँदै थिए । काठमाडौंको निजी पब्लिकेशनमा काम गर्दै आएका मृतक लामिछानेकी श्रीमती पार्वती र छोरी भने मनकामना मन्दिरमा पूजा गर्न हिँडेको आफन्तले बताएका छन् ।

यसैगरी, दुर्घटनामा मृत्यु हुने अन्य दुईजना तनहुँकै आँबुखैरेनी–४ का २६ वर्षीय डिलबहादुर थापा र २८ वर्षीय नुनबहादुर खवास रहेका छन् । रासस